गण्डकी गाउँपालिकाद्वारा वैकल्पिक सडक र बेलीब्रिज निर्माणका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र १५ २०८३
1.6K
SHARES
१५ भदौ गोरखा । पृथ्वी राजमार्गको कृष्णभीर लगायतका विभिन्न स्थानमा सडक पूर्ण रूपमा क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएपछि गण्डकी गाउँपालिकाले वैकल्पिक सडक सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको छ।
गण्डकी गाउँपालिकाको कार्यालय, भूम्लिचोक, गोरखाले सम्माननीय प्रधानमन्त्रीलाई एक पत्र लेख्दै भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिका कारण सिर्जित गम्भीर समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो।
गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) द्वारा हस्ताक्षरित पत्रमा पृथ्वी राजमार्गको अवरोधका समयमा स्थानीय नागरिक तथा सर्वसाधारणको आवागमन सहज बनाउन वैकल्पिक सडक मार्ग खोल्न जोड दिइएको छ।
बाँकी सडक ट्र्याक खोल्न प्रस्ताव
विज्ञप्ति अनुसार, वैकल्पिक मार्गको रूपमा गण्डकी गाउँपालिका–६, पल्लोटार (फिस्लिङ पारी) देखि गण्डकी गाउँपालिका–८, सिउरेनीटार (बेनीघाट) सम्म जोड्ने सडक सञ्चालन गर्न अब करिब १.५ किलोमिटर मात्र सडक ट्र्याक खोल्न बाँकी रहेको छ। उक्त ट्र्याक खोल्न आवश्यक प्रक्रियाका लागि गण्डकी प्रदेश सरकारको सिफारिससहित भोगाधिकार प्राप्तिका सम्पूर्ण कागजात संघीय सरकारसमक्ष पेश भइसकेको छ। यो बाँकी सडक खण्ड खुलाउन सके ६ मिटर चौडाइको वैकल्पिक सडक तत्काल सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ।

बेलीब्रिज निर्माणको सम्भाव्यता
सडक सञ्चालनलाई थप सहज बनाउन गण्डकी गाउँपालिका–६, हुइलिङ र बेनीघाट–रोराङ गाउँपालिका–१०, मवाखोलाको घुम्ती क्षेत्रमा करिब ८५ मिटरको छोटो दूरीमा बेलीब्रिज निर्माण गर्न सकिने प्राविधिक अध्ययनले देखाएको छ। प्राविधिक रूपमा उपयुक्त र बलियो आधार भएको सो स्थानमा बेलीब्रिज निर्माण गर्न सके केही दिनभित्रै सडक सञ्चालन गर्न सकिने बताइएको छ।

उच्च प्राथमिकता दिन माग
विपद्का कारण अवरुद्ध भएको सडक सञ्जाललाई शीघ्र सञ्चालनमा ल्याई नागरिकको आवागमन, दैनिक जीवन तथा अत्यावश्यक सेवा प्रवाहलाई सहज बनाउन गाउँपालिकाले यस विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरिदिन प्रधानमन्त्रीसमक्ष सादर अनुरोध गरेको छ। उक्त पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरालाई समेत दिइएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट