सुन सस्तियो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
760
SHARES

८ असोज काठमाडौं । हिजो बढेको सुनचाँदीकै मूल्यमा आज गिरावट आएको छ।  सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय पुगेको थियो।मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय १५ रुपैयाँ थियो।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।