नेपाली कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १० २०८३
779
SHARES

१० असोज काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो दिएको छ।

सहमहामन्त्री उदयर शमशेर जबरालेले भेटेर लामिछानेसहित एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा गरेका हुन्।

कांग्रेसको महाधिवेशनको उद्घाटन असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुँदै छ।

उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमन्त्रण गरिएको सहमहामन्त्री जबराले बताए।