बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १४ २०८३
779
SHARES

१४ आश्विन काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउतोलामा २ हजार ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ लाख ३९५ रुपैयाँमा कारोबार भएको थियो।