राष्ट्रपतिले गरे संसद् अधिवेशन अन्त्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १५ २०८३
475
SHARES

१५ आश्विन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (असोज १६) राति १२ बजेदेखि लागु हुने गरी उनले अधिवेशन अन्त्य गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।मंगलबार (असोज १३) बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६३/०६/१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।