मध्य रातमा प्रमुख नेता गैरकानुनी ढंगले पक्राउ परे अनौठो हुँदैन – बादल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
266
SHARES

१६ आश्विन काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारलाई फाँसीवादी भनेका छन् । उनले ‘वालेन्द्र’सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको टिप्पणी गरेका हुन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले फाँसीवादको यात्रा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबाट सुरु गरेको बताए ।

“वालेन्द्र सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको छ । यो यात्रा पूर्वप्रधानमन्त्रीको गिरफ्तारीबाट सुरु भएको थियो । अहिले पूर्वप्रधानन्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ,” उनले भने ।उनले पूर्वसभामुख एवं कुनै प्रमुख नेता पक्राउ परे अनौठो नहुने टिप्पणी गरे । “क–कसको पछाडि सुराकी खटाइएको छ ? निकट भविष्यमा मध्यरातमा कुनै पूर्वसभामुख, कुनै प्रमुख नेता गैरकानुनी ढंगबाट पक्राउ पर्नु अनौठो हुनेछैन,” बादलले भने ।

उनले सम्पत्ति शुद्धीकरणको लोकप्रीय आवरणमा देशभक्त तथा लोकतान्त्रिक शक्तिलाई सखाप गर्ने बाचा गरेको दाबी गरे । “फाँसीवाद लोकतन्त्रको विपरित ध्रुव हो । यसले विधिको शासन मान्दैन,” उनले भनेका छन् । उनले ‘वालेन्द्र’सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको टिप्पणी गरेका हुन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले फाँसीवादको यात्रा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबाट सुरु गरेको बताए ।”वालेन्द्र सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको छ । यो यात्रा पूर्वप्रधानमन्त्रीको गिरफ्तारीबाट सुरु भएको थियो । अहिले पूर्वप्रधानन्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ,” उनले भने ।

उनले पूर्वसभामुख एवं कुनै प्रमुख नेता पक्राउ परे अनौठो नहुने टिप्पणी गरे । “क–कसको पछाडि सुराकी खटाइएको छ ? निकट भविष्यमा मध्यरातमा कुनै पूर्वसभामुख, कुनै प्रमुख नेता गैरकानुनी ढंगबाट पक्राउ पर्नु अनौठो हुनेछैन,” बादलले भने ।उनले सम्पत्ति शुद्धीकरणको लोकप्रीय आवरणमा देशभक्त तथा लोकतान्त्रिक शक्तिलाई सखाप गर्ने बाचा गरेको दाबी गरे । “फाँसीवाद लोकतन्त्रको विपरित ध्रुव हो । यसले विधिको शासन मान्दैन,” उनले भने ।