कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
361
SHARES

१६ आश्विन काठमाडौँ। नेपाली कांग्रेसले १५ औँ महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ । महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उमेदवारहरुलाई आग्रह गरिएको बताए। “१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिँदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उमेवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको  छ,” प्रवक्ता चालिसेले भने।

कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उमेदवारहरुलाई आग्रह गरे।