पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएनन् – संरक्षक रेशमलाल चौधरी


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
266
SHARES

१८ असोज काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले कपाल काला भएकाले पनि देश बनाउने छाँट नदेखाएको बताएका छन् । आइतबार (असोज १८) काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले पहिले सेता कपाल भएकाले देश बिगारेको आरोप लगाए ।

“गगनजी म तपाईंलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुस्, नमाने नमान्नुस् । हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताले देश बिगारे,” उनले भने, “अहिले कैलो जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन् ।”अब आधाआधी कपाल फुलेको, १०–१२ दाह्री फुलेको कांग्रेस सभापति गगन थापाजस्तो नेताले देश बनाउने विश्वास रहेको उनले बताए ।

“कमैया मुक्ति गरेको कांग्रेस पार्टी, संविधान बनाउने पार्टी । संविधानमा सबैको अधिकार लेखिए, तर दिएनन् गगनजी,” उनले भने ।उनले थारू समुदायबाट प्रधानन्यायाधीश, सेनापति, मुख्यसचिव कहिले बन्ने भनेर प्रश्न गरे ।