सिटिजन्स बैंकद्वारा ३०० विद्यार्थीलाई न्यानो स्वेटर प्रदान
२६ असोज काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहकाबीच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरुप स्विटरहरु हस्तान्तरण गरेको छ । ग्रामिण भेगका विपन्न पृष्ठभूमीका विद्यार्थीहरूलाई जाडाको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्वेटर वितरण गरिएको हो ।
यस पहलबाट ग्रामिण भेगका विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।