नेप्से ४.१२ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३
171
SHARES

२७ असोज काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ४.१२ अंकले बढेको छ । योसँगै सेयर बजार २५९९ विन्दुमा पुगेको छ ।यस दिन चार अर्ब ७३ करोडको सेयर कारोबार भएको छ । १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ को घटेको नेपाल स्टक एक्सचेन्ज नेपाल (नेप्से)ले जनाएको छ । सात कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यस दिन वाणिज्य बैंक, विकास बैंक, लगानी समूह, जीवन बिमा र निर्जीवन बिमाको सेयर बढेका छन् । फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन, माइक्रो फाइनान्स, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहमा गिरावट आएको छ ।