सुनको मूल्य एकैदिन तोलामा ८३ सयले घट्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक १६ २०८३
228
SHARES
१५ कात्तिक काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार (कात्तिक १५) एकैदिन सुन तोलामा आठ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य तोलामा दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट