अलाभेजविरुद्ध बार्सिलोनाको फराकिलो जित
१५ कात्तिक काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा डिपोर्टिभो अलाभेजविरुद्ध ६–१ को फराकिलो जित निकालेको छ । जितसँगै बार्सिलोनाले ३० अंक बनाउँदै तालिकामा दुरी बढाएको छ । शनिबार बार्सिलोनाको जितमा राफिन्हा र लामिन यामलले समान दुई गोल गरे । फेर्मिन लोपेज र एन्टोनी गोर्डाेनले समान एक गोल गरे । अलाभेजको निम्ति मारियानो डियाजले एक गोल फर्काए ।
खेलमा राफिन्हाले आठौँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २३औँ मिनेटमा लोपेजले अग्रतालाई दोब्बर बनाए । ४१औँ मिनेटमा राफिन्हाले व्यक्ति दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रतामा राखे । पहिलो हाफको इन्जुरी समयमा लामिनले गोल गरेपछि बार्सिलोनाले ४–० को स्पष्ट अग्रता बनायो । ६४औंँ मिनेटमा उनै लामिनले व्यक्तिगत गोल गर्दै टोलीलाई ५–० को अग्रता दिलाए ।
८१औंँ मिनेटमा गोर्डाेनले गोल गरेपछि बार्सिलोनाले ६–० को अग्रता लिएको थियो । यसको तीन मिनेटपछि अलाभेजको निम्ति मारियानोले एक गोल फर्काएका थिए ।