Logo २०८३ कार्तिक १९ बुधबार

डिजिटल बैंकिङमा सिटिजन्स बैंकको छलाङ


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८३
209
SHARES

१८ कार्तिक काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ २०२४ र २०२५ को उपाधि प्राप्त गरेको बैंकले फोनपे नेटवर्कको सहकार्यमा नेपालमा पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको उल्लेख गरेको छ।

त्यसैगरी, बैंकले नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रीलान्सरलाई लक्षित गर्दै ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको बैंकले जनाएको छ। बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। साथै, क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १५७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

हाम्रो बारेमा

हाम्रो टिम

प्रकाशक /सम्पादक :
मीन बहादुर चलाउने

प्रबन्धक:
सुमन अधिकारी

सम्पर्क

Misu Media P. LTD.
सुचना विभाग दर्ता न: १८१८/०७६-७७

Address : bagabazar, ktm 
Email: capitalheadline @gmail.com

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to Capital Headline | Site by : SobizTrend Technology