सुनचाँदीको मूल्य बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८३
19
SHARES

११ मंसिर काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन हजार ३०० र चाँदी १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० र चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ कायम भएको थियो ।