ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८३
19
SHARES

११ मंसिर काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ ।भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको हो ।

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसाअन्तर्गतको विभिन्न बैंकिङ सेवाहरूको विकास तथा विस्तार गरेबापत बैंकलाई उत्कृष्ठ बैंकको रूपमा सम्मानित गरेको हो ।

बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरूको विस्तारको कदरस्वरुप उक्त अवार्डहरू प्राप्त गरेको बैंकले जनाएको छ ।

आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।

यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।