महिला कबड्डीमा नेपाली टोली समूह ‘बी’मा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ७ २०८३
798
SHARES

७ श्रावण काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल समूह ‘बी’मा परेको छ ।  नेपालको समूहमा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेइ छन् । यसैगरी समूह ‘ए’मा भारत, जापान, इरान र बंगलादेश छन् ।

नेपाली महिला टोलीले दोस्रोपटक एसियाली खेलकुदमा सहभागिता जानउन लागेको हो । नेपाल चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागी भएको थियो । पहिलो सहभागितामा टोलीले कांस्य पदक जितेको थियो ।