सिटिजन्स बैंक र नियो भर्सबीच समझदारी


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०८३
437
SHARES

१० श्रावण काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नियो भर्स प्रालि (नेओटेरिक नेपाल)बीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रानुसार, सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । यो किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याइएको जनाएको छ ।