लगातार बढ्दै सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन २२ २०८३
380
SHARES
२२ श्रावण काठमाडौं । नेपाल बजारमा सुनको भाउ लगातार बढिरहेको छ। आज शुक्रबार पनि सुनको भाउ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सुनको प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ५७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट