एमबैंक र एनएमसी–कोअपरेटिभबीच डिजिटल वित्तीय सेवा विस्तार साझेदारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
494
SHARES

२६ श्रावण काठमाडौं । डिजिटल वित्तीय सेवाप्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ (एनएमसी–कोअप)बीच रणनीतिक साझेदारी भएको छ । एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी गरिएको हो । देशभर ५७ सेवा केन्द्रमार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको एनएमसी–कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको प्लेटफर्ममार्फत थप व्यापक डिजिटल वित्तीय सेवा उपलब्ध गराउनेछ ।

यो साझेदारीअन्तर्गत एनएमसी–कोअपरेटिभका सदस्यले एउटै मोबाइल एप्लिकेसनमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट तथा केवाइएम अपडेटलगायत सेवा प्राप्त गर्न सक्नेछन् ।

साझेदारीले डिजिटल लेन्डिङ क्षेत्रमा पनि विशेष जोड दिएको छ । चरणबद्ध रूपमा सदस्यले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण (लोन स्टेटमेन्ट) तथा नयाँ ऋण आवेदनजस्ता सेवा मोबाइल प्लेटफर्ममार्फत प्राप्त गर्न सक्नेछन् ।डिजिटल प्रक्रियामार्फत आवश्यक कागजात पेस गर्ने र ऋण आवेदनको अवस्थाबारे जानकारी लिन सकिने भएकाले शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ ।