सिद्वार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतको छुट
२६ भाद्र काठमाडौं । सिद्धार्थ बैंक र बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । गोदावरी ललितपुरस्थित बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।