मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
513
SHARES

११ असोज काठमाडौं । मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएको छ । पहिरो गएका कारण मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ । यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।“पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न रोक लगाइएको छ । पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ । त्यहाँबाट पैदल मार्ग हुँदै अगाडि जान सकिनेछ,” कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ । सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ । यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ ।