आज कति छ सुनचाँदीको भाउ ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १५ २०८३
570
SHARES

१५ आश्विन काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ त्यही नै थियो। हिजो सुनको भाउ २ हजार ८०० रुपैयाँले बढ्दो आज भने मूल्य स्थिर रहेको छ।

यसैगरी चाँदीको भाउ पनि स्थिर रहँदै आज तोलाको ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँ बढेर चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।