आज सुनको भाउमा वृद्धि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
323
SHARES

१६ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।