मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्डमा छुट
१६ आश्विन काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवा तथा सुविधामा छुट दिने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले क्लबमा उपलब्ध विभिन्न सेवामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बालगायतका सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । साथै, वर्कआउटपछि रिल्याक्सेसनका लागि साउना सुविधासमेत उपलब्ध रहेको जनाइएको छ ।
छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न क्षेत्रका सेवा तथा सुविधामा सहुलियत उपलब्ध गराउने उद्देश्यले यस्ता व्यावसायिक साझेदारी गर्दै आएको जनाएको छ ।