कामको प्रतिस्पर्धा गरौँ – आरेन राई


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
247
SHARES

१८ असोज काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित पार्टी नभएको बताएका छन् । आइतबार कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले समृद्ध राष्ट्रको निर्माणमा अग्रसर हुन शुभकामना दिए ।

“नेपाली कांग्रेस वास्तवमा एउटा हल्लाद्वारा स्थापित पार्टी होइन । नेपालमा लोकतान्त्रिक गणतन्त्र, प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरूले राष्ट्र निर्माणको सपना देखेर निर्माण भएको पार्टी हो भन्ने हामीले बुझेका छौँ,” उनले भने ।

राईले अब विगतका गल्ती सच्याएर नयाँ पुस्ताले देश निर्माणमा योगदान दिनुपर्ने बताए । उनले राजनीतिक दलहरूबीच अब ‘सत्ताको नभइ कामको प्रतिस्पर्धा’ हुनुपर्ने बताए । “हामीले कुन पार्टीले कति सत्ता चलाउनेभन्दा पनि हाम्रो पार्टीका अध्यक्ष हर्क साम्पाङले भनेजस्तै कुन पार्टीले देशका लागि कति राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा गर्नुपर्छ,” उनले भने ।