संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दछु – नेता अधिकारी


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
437
SHARES

२५ असोज काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पुर्व संसद हरिराज अधिकारीले सरकारसॅंग संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन । चुमनुम्री गाउँपालिका वडा नम्बर ६ चुन्चेतस्थित उङ्गिलुङ खोलामा गएराति भीषण पहिरो जाँदा ठूलो भौतिक क्षति भएको छ । आज राति करिब ३/४ बजेको समयमा माथिबाट खसेको विशाल पहिरोले उङ्गिलुङ खोला थुनिएको थियो । थुनिएको खोला आज बिहानपख तीन पटक गरेर फुटेपछि तल्लो तटीय क्षेत्रमा लेदोसहितको भीषण बाढी आएको छ ।

बाढी र पहिरोका कारण खोला किनारमा रहेका मानव बस्तीहरू र आवतजावत गर्ने महत्त्वपूर्ण पुलहरू बगाउनुका साथै ठूलो मात्रामा भौतिक पूर्वाधार नष्ट भएको छ । अचानक खोला थुनिएर फुट्दा तल्लो क्षेत्रका बासिन्दाहरूले ठूलो संकट व्यहोर्नुपरेको छ भने भौतिक रूपमा यस क्षेत्रले अपूरणीय क्षति भोगेको छ ।

भौगोलिक रूपमा विकट रहेको यस क्षेत्रमा पहिरोले पुर्याएको विनासलाई मध्यनजर गर्दै स्थानीयबासी र सरोकारवालाहरूले सरकारसँग विशेष अपिल गरेका छन् । बाढीपहिरो प्रभावित यस क्षेत्रलाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरी उद्धार, राहत र पुनर्निर्माणका कार्यहरूलाई युद्धस्तरमा अगाडि बढाउन सरकार समक्ष जोडदार अनुरोध गरिएको छ ।