रसुवाका बाढीपीडितले असोजको किस्ता पुससम्म बुझाउन सक्ने
२७ असोज काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले प्रवावित भएका ऋणीहरूले ऋण तिर्ने समय लम्बिएको छ ।नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूलाई निर्देशन दिँदै असोजमा किस्ता नतिर्नेको हकमा पुससम्म तिर्न सक्ने व्यवस्था गर्न भनेको हो । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै समयावधी बढाउन सक्ने व्यवस्था गरेको हो ।
“ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाई भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता भुक्तानी गर्ने समयावधी इजाजतप्राप्त संस्थाले पुस मसान्तसम्म थप्न सक्नेछन्,” निर्देशनमा भनिएको छ ।