नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन -मौसम विभाग


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८३
285
SHARES

१२ कार्तिक काठमाडौं । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला (बिहीबार बिहान ११ः३० बजे) बलियो न्यूनचापीय क्षेत्रका रूपमा रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालनजिक आइपुग्दा त्यो अझै कमजोर हुने सम्भावना छ । त्यसको प्रभावले देशका धेरै स्थानमा बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्म वर्षा/हिमपातको पूर्वानुमान छ । हावाहुरीको पनि सम्भावना छ । तर, तीव्र हावाहुरीको सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ ।

“धेरै शक्तिशाली चक्रवात ‘अर्नब’ अहिले बलियो न्यूनचापीय क्षेत्रको रूपमा विकसित भइसकेको र नेपालमा प्रवेश गर्दा अझै कमजोर हुने हुनाले सोको प्रभावले नेपालमा वर्षा/हिमपात तथा हावाहुरीको सम्भावना रहेता पनि चक्रवात ‘अर्नब’ शक्तिशाली हुँदा जस्तो नेपालमा हावाहुरीको सम्भावना भने देखिँदैन,” विभागले भनेको छ ।