सुनको भाउमा सामान्य वृद्धि


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८३
323
SHARES

१८ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो।यससँगै आज प्रतितोला सुन २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।