कांग्रेस केन्द्रीय कार्यसमितिको आज पनि बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
266
SHARES

९ मंसिर काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार (मंसिर ९) पनि बस्दै छ । यसअघि मंगलबार बसेको बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा विशेष सम्बोधन गरेका थिए ।बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न ६ वटा कार्यसूची प्रस्तुत गरेका थिए । बैठकमा पार्टीको आगामी कार्यभारदेखि स्थानीय निर्वाचनसम्मका विषयलाई छलफलको एजेन्डा बनाइएको छ ।

बैठकमा प्रस्तुत कार्यसूचीअनुसार संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ अभियान’ लगायत विषयमा छलफल गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, भोटेकोसी र बुढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका विषय पनि बैठकको एजेन्डामा समेटिएका छन् ।यसैगरी, विपद्का कारण विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन तथा नागरिक सरोकारका अन्य विषयमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा सरकारका पछिल्ला गतिविधिहरूको समीक्षा तथा आगामी स्थानीय तह निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ ।कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।