आठ अंकले घट्यो नेप्से


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८३
266
SHARES

११ मंसिर काठमाडौं । सेयर बजार परिसूचक नेप्से शुक्रबार (मंसिर ११) ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा आइपुगेको छ । सूचक घटेर राताम्मे बनेको बजारमा लगानीकर्ताले चार अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन् ।दिनभरजसो बजार राताम्मे बन्दा कारोबारमा आएका २०३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । ५८ कम्पनीको सेयर मूल्य भने बढेको छ । बाँकी १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन सबैभन्दा धेरै मूल्य बढ्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको हो । घट्नेमा भने सोपान फर्मा छ । यो कम्पनीको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको हो ।शुक्रबार लगानीकर्ताले सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सेयर खरिद–बिक्री गरेका छन् । यो बैंकको २४ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।