राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८३
323
SHARES

११ मंसिर काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनी अपरान्ह ३ बजे शीतल निवास पुगेका हुन्।  प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गरेका थिए ।

सरकारले राष्ट्रपति कार्यालय पठाएको विभिन्न अध्यादेश विचाराधीन छ । औपचारिक भारत भ्रमणअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै प्रधानमन्त्री बालेनको आलोचना समेत भएको थियो । भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।