बिओकेका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
3.1K
SHARES

९ मंसिर काठमाडौँ । बैंक अफ काठमाण्डू (बिओके) को पूर्व प्रमुख कार्यकारी अधिकृ अजय श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। उनीसँगै किरणकुमार बोहोरालाई पनि एक करोड धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

कर्जा अपचलन मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका श्रेष्ठलाई पाटन उच्च अदालतले थुनामा राख्न गरेको आदेश खारेज गर्दै सर्वोच्चले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।आइतवार न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

बिओकेको प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले गत अशोज १० गते थुनामा पठाउने आदेश दिएको थियो।उच्च अदालतको आदेश चित्त नबुझेको भन्दै श्रेष्ठ सर्वोच्च पुगेका थिए