विप्लव समूहका स्याङ्जा इन्चार्ज पाण्डे नेकपामा प्रवेश


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
7.5K
SHARES

१ फागुन गोरखा ।(नेकपा) नेत्रबिक्रम चन्द विप्लव समूहका स्याङजा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।जनयुद्ध दिवसको अवसरमा बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पाण्डेलाई खादा र टीका लगाएर पार्टीमा प्रवेश गराएक हुन।

कार्यक्रममा बोल्दै पाण्डेले अहिले हतियारसहितको युद्ध आवश्यक नरहेको बताए । ‘जनआन्दोलनले स्थापना गरेको संघीय गणतन्त्र नेपाल नै ठीक छ,’ उनले भने, ‘यसलाई टेकेर समृद्ध नेपाल बनाउन सक्छौं ।’बन्दुक भन्दा सहमति र समझदारी आवश्यक रहेको भन्दै बन्दुकको आन्दोलन नगर्न उनले विप्लवलाई सुझाव दिए । गण्डकी गाउँपालिका–४ फुजेल घर भएका पाण्डे विप्लव समूहको गोरखा जिल्लाका पूर्वसेक्रेटरीसमेत हुन् ।