कालिमाटीमा चलाउने सहित व्यवसायीहरु द्वारा राहत वितरण


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७
13.1K
SHARES

०३ बैशाख काठमाडौं । महाबिर ओबरशिजका डाइरेक्टर अंकित केडिया,मुक्ति अग्रवाल,संजय अग्रवाल,जिमि ग्रुप प्रा. लि.का म्यानेजिङ डाइरेक्टर तथा समाजसेवी जिवन चलाउने र कालिमाटी कुलेशोरका व्यवसायीहरुको संयुक्त पहलमा लकडाउनको कारण समस्यामा परेकालाई राहत वितरण गरेर सहयोग गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले लगाएको लकडाउनको चपेटामा परेका करिब तिन हजार बडी मजदुरलाई आज कालिमाटीमा राहत वितरण गरियको हो ।

उक्त समुहले यसअघि पनि प्राकृतिक विपत्ति तथा अन्य महामारीको बेलामा गरिब, दिनदुखीको सहयोग गर्दै आएको छ । लकडाउनको समस्यामा परेका काठमाडौंका मजदुरहरुलाई बाँच्न सहज होस् भन्ने भावनाले आफूहरुले उक्त राहत वितरण गरेको उनिहारुले बताए । काठमाडौँमा लकडाउनको समस्यामा परेका तिन हजार मजदुरलाई आज ५ किलो चामल, दुई किलो दाल, तेल लगायतका खाद्यान्न सहयोग गरेका हुन् । सरकारले लकडाउन थपिरहेको बेला उनीहरुको बिहान बेलुकाको छाक टार्न भएको समस्या यसले केही हदसम्म हल गर्ने उनीहरुको भनाई छ ।