भारतिय विस्तारवा बिरुद माइतीघरमा प्रदर्शन
२७ वैशाख काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । युवाहरुको एउटा समूहले प्रदर्शन गरेको हो ।नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अनेरास्ववियुका नेताहरुमा रबिन वस्नेत, सुरेश पराजुले ,उपदेश यादव ,सागर केसी , निर्गरा जैसी ,उतर खड्का ,संजीव चौधरी , सागर बुढाथोकी ,भुमि अधिकारी निरोज श्रेष्ठ लगाएतका साथीहरुलाई प्रहरी क्लबमा राखेको छ। उनीहरुलाई अहिले पुलिस कलव मा राखिएको छ ।उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लगाएका थिए ।