नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३ २०७७
5.7K
SHARES

३ अषाढ काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।