मन्त्रिमण्डल हेरफेर गर्ने तयारी उपप्रधान सहित परराष्ट्रमा प्रवक्ता श्रेष्ठको चर्चा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ५ २०७७
11K
SHARES

५ अषाढ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र एमसीसीको बिषयमा विवाद भइ रहेको बेला प्रधानमन्त्री ओली भने मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका हुन् ।प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई शिक्षामन्त्रीका रुपमा सपथग्रहण गर्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले परराष्ट्रमन्त्रालयमै रुची देखाएका छन् ।

प्रधानमन्त्रीले श्रेष्ठलाई मात्र होईन उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्न आग्रह गरेका छन् । श्रेष्ठ र गौतम मन्त्रिपरिषद्मा प्रवेशगरेसंगै सचिवालयमा बहुमत बन्ने प्रधानमन्त्रीको हिसाब छ ।प्रधानमन्त्री ओली पूर्वमाओवादीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई परिवर्तन गर्ने पक्षमा छन् । पुराना मन्त्रीमध्येबाट वनमन्त्री शक्ति वस्नेत र गृहमन्त्री रामबहादुर थापालाई निरन्तरता दिनेमा प्रधानमन्त्री ओली छन् ।

तर, अर्का अध्यक्ष प्रचण्ड उद्योगमन्त्री भट्ट र गृहमन्त्री थापाको विकल्प खोज्नेमा छन् ।पुर्व एमालेबाट अर्थमन्त्री युवराज खतिवडासहित, भुमिसुधार मन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने पक्षमा ओली छन् । त्यसका साथै रिक्त रहेको सञ्चार र शहरीमन्त्रालयमा समेत नयाँ मन्त्री नियुक्त गर्ने तयारी उनले गरेका छन् ।