नेपालमा थप ४३४ जनामा संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७
5.8K
SHARES

१२ असार काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।