उपत्यकामा ३२ जना गरि नेपाल भर ४७३ जना कोरोना संक्रमित थपिए


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७
4.5K
SHARES

१९ असार काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये २८ जना काठमाडौंका छन् । काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, ललितपुर र भक्तपुरमा दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै कैलालीमा कैलाली १६५ जना संक्रमित थपिएका छन् । यस्तै, डोटीमा ५८ जना, बझाङका ३५, कञ्चनपुर र अछामका ३१/३१ जना, धनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १० जनामा संक्रमण देखिएको छ।

मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४/४ जना, तनहुँ र दैलेखका ३/३ जना, चितवन, दोलखा, पर्वत र स्याङ्जाका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।यस्तै, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।