नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २६ २०७७
5.7K
SHARES

२६ असार काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बागलुङ र दैलेखमा ३/३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २/२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, नवलपरासीपूर्व र दार्चुलामा १/१ जनामा संक्रमण भएको छ ।