वालुवाटार वार्ताबारे थापागाउँमा प्रचण्डको ब्रिफिङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७
9.2K
SHARES

३० साउन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग दिउँसो भएको कुराकानीबारे आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् । काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘अर्का अध्यक्षसँग भएको वार्ताबारे प्रचण्ड कमरेडले जानकारी गराउनुभयो’, ती सदस्यले प्रचण्डको व्रिफिङ उधृत गर्दै भने, ‘महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभयो । त्यसमा यो कार्यकालभर केपी ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने । अहिलेसम्म कमजोरी भएकै हो । त्यसमा आत्मालोचना गर्ने र अब हुने नियुक्तिहरु पार्टीको निर्णयमा मात्रै गर्ने भन्ने प्रस्तावहरु आए । तर ठोस प्रस्ताव आएको छैन ।’