बिरयानी ब्रान्ड को चाहाना , हरेक भोकोको थाल मा खाना।
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २१ २०७७
13.7K
SHARES
- २१ भदौ काठमाडौ । नेपाली खाद्यान्न बजारमा छाेटाे समयमा स्वाद दिन सफल बिर्यानी ब्रान्डकाे लङ्ररेन चामलले अब प्रत्येक २० के.जी.काे बाेरा बिक्री बापत आउने ५०रुपैयाँ विश्व व्यापी माहामारीकाे बेला खान नपाएका हरेक व्यक्तिहरुलाई प्रदान गर्ने उदेश्यले समाज सेवामा नयाँ उद्घघोष गरेको छ। बिगत छ महिना देखिको लामाे लकडाउनले हजारौं मानिसहरु राेजगारी गुमाउन बाध्य छन । अहिले बजारमा राेजगारी पाउन सक्ने सम्भावना पनि छैन । यस्तो अवस्थामा भाेक्कै जीवन विताउन बाध्य भएका तमाम मजदुर र गरीबहरुलाई भाेक मेटाउन यस्तो याेजना लिएर अगाडि वढेकाे यस ब्रान्डकाे नेपाली बिक्रेता कम्पनीले जनाएकाे छ। कम्पनीका अनुसार यस कार्यकाे सुरुवात भाेलि देखि नै देशका मुख्य-मुख्य सहरहरु काठमाडौ उपत्यका ,पाेखरा र विराटनगरबाट प्याकेट खानाा दिएर सुरु गरिने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट