बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७
3.3K
SHARES

        २२ भदौ काठमाडौँ  । बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८:३० बजे मृत्यु भएको हो ।

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिनसम्म नेपालगन्जकै न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए । भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ ।

पाँच वर्षदेखि मुटु र तीन वर्षदेखि मधुमेहका रोगी रहेका उनको मृत्युको कारण मुटुको रक्तनली बन्द हुने समस्या (टीभीडी) रहेको स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।योसँगै बाँके जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।