कर संकलनमा सरकारी ताकेता जारी व्यावसायि असन्तुष्ट
२४ भदौ काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बाँकी बक्यौता राजस्व आगामी बिहीबार (२५ गते) भित्र उठाइसक्ने नीति लिएकोे छ । व्यावसायिक अन्तःशुल्क कर, आय कर, मूल्यवृद्धि कर लगायतका राजस्व निषेधाज्ञाका बाबजुद भदौ २५ गतेभित्रै उठाइसक्ने सरकारी योजना छ ।
यता, सर्वसाधारण जनता भोकभोकै मर्दासमेत कुनै परवाह नगर्ने सरकार राजस्व उठाउनका लागि भने लकडाउन तथा निषेधाज्ञालाई समेत खुकुलो बनाउन पछि नपर्दा सर्वसाधारणहरु आक्रोसित भएका छन् । सरकारको यस किसिमको हर्कतप्रति उद्योगी व्यवसायीहरुदेखि आम सर्वसाधारण समेत असन्तुष्ट बनेका छन् ।