गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलको काम लकडाउनका बिच पनि उल्लेखीय भयो -मन्त्री भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
11.5K
SHARES

२७ भदौ काठमाडौँ । नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवमा निमाणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलको काम लकडाउन बिच पनि उल्लेखीय भएको बताएका छन् । बिशेष विमानमार्फत विमानस्थलको आकस्मिक अवलोकन सुक्रबार  बुटवल पुगेका  मन्त्री  भट्टराईले नेपालमा रहेको २१ वटा आयोजना मध्ये भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पहिलो आयोजना हुने दावी गरेका छन् ।उनले बन्दाबन्दीको समयमा पनि बिमानस्थलले उल्लेख्य प्रगति गरेका रहेको भन्दै बन्दबन्दीको समयमा पनि बिमानस्थलले एउटा नयाँ  ट्याक्सी वे, टर्मिनल भवनमा फिनिसिङ्गको काम, लाईटिङ्ग लगायतको काममा उल्लेख्य प्रगति गरेको उनले बताए ।

आयोजनाको अन्तिम अन्तिम तिर आएर कोभिड–१९ ले प्रभाव पारेको कारण दक्ष जनशक्ति ल्याउन नसक्दा बाँकी काम रोकिएको स्विकार गर्दै मन्त्री भट्टराईले यसको समाधानको लागी कुटनैतिक पहल थालि सकेको जानकारी दिए । उनले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरि चीन, अष्ट्रिया, अमेरीका एवम थाईलैण्डबाट दक्ष जनशक्ति झिकाउने प्रयास भइरहेको उनको भनाइ थियो ।

दक्ष जनशक्ति झिकाउन सके बिमानस्थल सम्पन्न हुने म्याद डिसेम्बर सम्म सञ्चालन योग्य रुपमा तयार हुने उनले दावी समेत गरे । ६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको जनाएको छ ।

३१ डिसेम्बर २०१४ काम शुरु भएको आयोजनाको ९३ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरेको छ । ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक ३१ मार्च २०२० सम्मका लागि म्याद थप पाएको थियो । अहिले फेरी ३१ डिसेम्बर २०२० सम्मका लागी पाचौं पटक म्याद थप गरिएको छ ।