समस्या समाधानका लागि पहल गरिदिन सभापति शेरबहादुर देउवालाई व्यवसायीको आग्रह
२९ भदौ काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । महासङ्घको टोलीले आइतबार पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा बन्द रहेको व्यवसायीका लागि सरकारले राहतका लागि ठोस योजना नल्याएको भन्दै समस्या समधानका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले उद्योगी व्यवसायीको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउँदै त्यसका लागि प्रतिपक्षी दलले पहल गर्ने विश्वास व्यक्त गरेको सभापति देउवाको भनाइ उद्यृत गर्दै भेटमा सहभागि महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले जानकारी दिए ।