सुत्केरी हुन नसकेकी फुजेलकी एक महिलालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याईयाे
११ असोज काठमाडौ । सुत्केरी हुन नसकेकी गोरखाकी एक महिलालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।गोरखाको गण्डकी गाउँपालिका-४ फुजेल कौदीकी देवी गुरुङलाई आइतवार बिहान पोखरा गण्डकी अस्पतालमा पुर्याइएको हो।
शनिबार बिहानदेखि सुत्केरी व्यथा सुरु भएकी देवीको बच्चा जन्मिन सकेको थिएन।गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा उनलाई उद्घार गरिएको हो ।
गण्डकी गाउँपालिकाका नेकपाका नेता बिष्णु पन्तको समन्वयमा उनलाई तत्काल उद्घार गरिए हो । स्थानीय दिपक गुरुङले उनको उद्धारमा विशेष पहल गरेका थिए ।उनको शल्यक्रियाबाट बच्चा जन्मिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।अहिले बच्चा र आमाको स्वास्थ अवस्था सामन्य रहेको गण्डकी अस्पतालले जानाएको छ ।