सनिबार थप २१२० जनामा कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
3.2K
SHARES

१७ असाेज काठमाडौं । पछिल्लो  २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताए ।                                                                                                                                             आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र  ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।
यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले बताए ।