काँग्रेसका नेता थापालाई कोरोना संक्रमण
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १८ २०७७
6.8K
SHARES
१८ अशोज काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ र तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट